काठमाडौंका शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो (तस्बिरसहित) « Nagarik Khabar

काठमाडौंका शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो (तस्बिरसहित)



काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दसैं अन्तर्गत आज नवरात्रको आठौं दिन नवदुर्गामध्येकी आठौं रुप महागौरीको पूजा आराधना गरिँदैछ ।

महागौरीको पूजाआराधनाले मनुष्यमा रहेका अनेक दोषहरू हट्ने र पूर्वजन्ममा गरेका पापसमेत नाश हुने धार्मिक विश्वास रहिआएको छ ।

आज देशभरका शक्तिपिठहरूमा आज विशेष पूजाआजा भैरहेको छ । काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेबीलगायतका शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: