बेलायतमा नेपालीले मनाए दसैँ « Nagarik Khabar

बेलायतमा नेपालीले मनाए दसैँ



लन्डन । पिटरवरोमा रहेका नेपालीहरूले दसैँ भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध साँस्कृति कार्यक्रमसहित दसैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लन्डनका प्रतिनिधि रामबाबु नेपाल, पिटरवरो सिटी काउन्सिलर गुल नवाज, सिटी काउन्सिल सदस्य महम्मद रन्जेबलगायत अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रतिनिधि नेपालले नेपाली दूतावास बेलायतस्थित नेपाली समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

तीन सयभन्दा बढी नेपालीको उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिम खनालले गरे । पिटरवरो नेपाली समाजलाई आफ्ना गतिविधि गर्नका लागि स्थानिय काउन्सिल हालै मात्र सरकारी भवन उपलब्ध गराएको थियो ।

कार्यक्रममा सो भवन प्राप्त गर्नको लागि आवश्यक सहयोग गर्ने सबैप्रति संस्थाका निवर्तमान अध्यक्ष शिव भण्डारीले धन्यवाद प्रकट गरे । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, ट्रष्टी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण लुईंटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: