थप ३६५ जनामा काेराेना पुष्टि, ६०९ जना संक्रमणमुक्त « Nagarik Khabar

थप ३६५ जनामा काेराेना पुष्टि, ६०९ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ३६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ६७१ आरटी पिसिआर र १ हजार ९२३ एन्टिजेन गरी कुल ५ हजार ५९४  जनामा परीक्षण गरिएकोमा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार २६७ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा, १ हजार ९५ संस्थागत आइसोलेसनमा र २३२ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१५ जना र भेन्टिलेटरमा १०७ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार बुधबार देशभरबाट ६०९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७८ हजार ३५० पुगेको छ । निको हुने दर ९६.८ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: