दशैँको मुखमा ३ करोड नेपालीलाई रुवाउने यो भिडियो « Nagarik Khabar

दशैँको मुखमा ३ करोड नेपालीलाई रुवाउने यो भिडियो



सिन्धुली । दशैँको माहोलसँगै रीता आफ्नो परदेशबाट श्रीमान आउने खबरले दंग छिन् । यता आमालार्इ झन कम्ता खुसी थिएन ।

मुख्य कुरा त नातीनातिनी खेलाउने धोको इच्छाले गाउँका छिमेकीहरु पनि डाहाँ गरेर उल्का हुन्छ ।

दशैको माहोलमा परदेशी आउने खबरले सम्पूर्ण दर्शकमा खुसियाली देखिन्छ तर एक्कासी छोरोको फोन र फोनमा भएका संवादले सारा दर्शकमा नैराश्यता छाउँछ । रोइकराइको बिलौनासँगै मन्चको एक छेउबाट केही व्यक्तिले बाकसमा लास ल्याउँछ । यो कारुणिक दृष्यले सम्पूर्ण दर्शकको आखाँमा आशु र माहोल रुवावासीको हुन्छ ।

प्रसंग यो बैदशिक रोजगारसम्बन्धी सचेतनामुलक नाटकको हो ।

दशैँको अवसरमा कलाघर सिन्धुलीको आयोजनामा गरिएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा सो नाटक प्रस्तुत गरिएको हो ।

देशको यथार्थ विषयवस्तुमा आधारित रहेको नाटकमा नेपाली बाबु सुमनको नाटक लेखन तथा निर्देशन र पवित्रा रम्तेल, रीता थिङ, पदम बर्माशाखा, सन्चिता थापामगर, शिसिर सिद्ध, सिर्जना तामाङ लगायत कलाकारहरुको अभिनय रहेको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नाटकसँगै विभिन्न दशैँ विशेष मौलिक गीत–संगीतहरु प्रस्तुत गरिएको थियो ।

कमलामाई नगरपालिका ३ नम्बर वडा अध्यक्ष खड्गप्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाँस्यकलाकार दिनेश काफ्ले, गायक किरण भुजेल, गायिका कविता श्रेष्ठ, गायिका मिनाश्री लुङ्गेली आदिको सांगितिक प्रस्तुतीमा अवलोकन गर्ने दर्शकहरुले मज्जैले कर्मर मर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: