रासस समय सुहाउँदो परिस्कृत हुनुपर्छ : नेता कोइराला « Nagarik Khabar

रासस समय सुहाउँदो परिस्कृत हुनुपर्छ : नेता कोइराला



मोरङ । प्रदेशसभा सदस्य एवं नेपाल कांग्रेस प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समितिलाई समय सुहाउँदो परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नम्बर १ को कार्यालयको आज निरीक्षण एवं अवलोकन गर्ने क्रममा उनले जनतालाई सुसूचित एवं सचेत बनाउन अहोरात्र खटिने यो संस्था सुदृढ एवं बलियो हुनुपर्छ भने। प्रजातन्त्र र लोकतन्त्रको बहालीमा सत्यतथ्य समाचार पस्केर धेरै ठूलो काम गरेको स्मरण गर्दै उनले भने, “राससजस्तो गरिमामय संस्थालाई बलियो बनाउन राज्यले यथोचित सहयोग गर्नुपर्छ ।”

सो अवसरमा रासस प्रदेश नम्बर १ कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयका गतिविधि, जनशक्ति एवं समाचारका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: