गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते « Nagarik Khabar

गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते



बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १४ की २० वर्षीया विमला भट्ट रहेकी छन् ।

घाइते भट्टको टाउकोमा चोट लागेको छ । उनको खोड्पे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ ।

बैतडीबाट महेन्द्रनगर जाँदै गरेको ना६ख ९६७२ नम्बरको बसमा पाटन नगरपालिका-८ आरुबाटास्थित सडक माथिबाट ढुंगा खसेको अस्थायी ट्राफिक पोष्ट खोड्पेका ट्राफिक प्रहरी जगदिश चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: