जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना घाइते « Nagarik Khabar

जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना घाइते



बैतडी । बैतडीको हिरापुरमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा पाटन ८ खोड्पे बस्ने २७ वर्षीय योगेश कठायत घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

खोड्पेबाट पाटनतर्फ आइरहेको से १ज२१२ नम्बरको जिप र सोही दिशाबाट आइरहेको से५प ८२५३ नम्बरको मोटरसाइकल पाटन नगरपालिका ६ हिरापूरमा आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: