कोभिडका कारण टिबीका बिरामी बढ्यो : डब्ल्युएचओ « Nagarik Khabar

कोभिडका कारण टिबीका बिरामी बढ्यो : डब्ल्युएचओ



जेनेभा । एक दशकपछि पहिलोपटक टिबीका बिरामी विश्वव्यापी रुपमा बढेको छ । कोभिडका कारण स्वाथ्य उपचारमा पहुँच नहुँदा टिबीका बिरामी पनि बढेको विश्व स्वाथ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

उपचारको पहुँचमा समस्या हुँदा निको पार्न सकिने रोग उन्मुलन गर्न वर्षौँदेखि भएका प्रयासमा अबरोध सिर्जना भएको छ । टिबीबाट अझै पनि विश्वभर लाखौ मानिस पीडित छन् ।

‘पुरानो तथा निको पार्न सकिने रोगबाट प्रभावित लाखौ मानिसहरुको उपचारमा देखिएको खाडल पुर्न लगानीका लागि विश्वव्यापी आह्वान गर्नु तत्काल आवश्यक छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एडहानोम गिब्रेससले एक विज्ञप्तिमा भनेका छन् ।

सन् २०२० को टिबीसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा डब्ल्युएचओले रोग निर्मूलको प्रयास कोभिडका कारण अझ प्रभावित भएको जनाएको छ । जसका कारण टिबी रोगीका बिरामी झनै बढेको उसले जनाएको छ ।

डब्ल्युएचओले विश्वभर करिब ४१ लाख मानिसमा टिबी भएको तर उनीहरुले आफ्नो रोग आधिकारिक रुपमा सार्वजनिक नगरेको र उपचारका लागि अस्पताल नगएको जनाएको छ । सन् २०१९ टिबी रोगीको संख्या २९ लाख रहेको डब्ल्युएचओको तथ्यांकमा उल्लेख छ ।

टिबी रोगीलाई कोभिड–१९ संक्रमणले अझै असर गरेको पनि डब्लुएचओले जनाएको छ । टिबीका लागि छुट्याइएको रकम कोभिड नियन्त्रणमा खर्च गरिएको र लकडाउनका कारण स्वास्थ्य उपचारको पहुँचमा कठिनाइ भएको डब्लूएचओको भनाई छ ।

सन् २०२० मा टिबीबाट १५ लाख मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: