चिनियाँ राजदूत यान्छीले सहकर्मीहरुलाई लगाइदिइन दसैँको टीका « Nagarik Khabar

चिनियाँ राजदूत यान्छीले सहकर्मीहरुलाई लगाइदिइन दसैँको टीका



काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्ना सहकर्मीहरुलाई दसैँको टीका र जमरा लगाइदिएकी छन् । तर, उनी आफूले भने टीका लगाइनन् ।

सामाजिक सञ्जालमार्फत दसैँ मनाइरहेको तस्बिर सार्वजनिक गर्दै राजदूत यान्छीले भनेकी छन्,“मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुसी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिका लागि मंगलमय शुभकामना गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: