दलित बस्तीमा सांसद किरातीको दशैः भावुक हुँदै वृद्धवृद्धाले भने- ‘हामीलाई सम्झेर आउनुभो’ « Nagarik Khabar

दलित बस्तीमा सांसद किरातीको दशैः भावुक हुँदै वृद्धवृद्धाले भने- ‘हामीलाई सम्झेर आउनुभो’



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किरातीले दलित बस्तीमा पुगेर बडा दशैँ मनाएका छन् । उनले गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका-१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर बडा दशैंको दिन खुसी साटासाट गरेका हुन् ।

टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा पनि उपहारस्वरूप दिँदै ढोगभेट गरे । ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी, बुधमाया दर्जी र पवित्रा विश्वकर्मा लगायतलाई नयाँ दौरा सुरुवाल र सारीचोलो पछ्यौरी उपहार दिएर ढोगभेट गर्दै खुशी साटासाट गरेका छन् ।

‘दसैँमा आफूले वर्षभरी गरेको कामको ज्याला उठाउन सुँगुरको पुच्छर र एकमाना चामल लिन घरघर आउने र आफूले खाएको भाँडा आफैँ धोएर जाने परम्परा थियो’, किराँतीले भने, ‘आज उहाँहरू वृद्ध हुनुभो मेरा बाआमा जस्तै देखिने उहाँहरूको घर पुगेँ उहाँहरुसँगै सुख दुःखका कुराहरु गर्दै दसैँ मनाएँ ।’ किरातीले गणतन्त्र स्थापना भए पनि गणतान्त्रिक संस्कृति निर्माण हुन नसकेकोमा आफू राजनितिककर्मी भएको नाताले आत्मालोचित भएको उनले बताए।

भावकु हुँद्यै दलित वृद्धवृद्धाले भने, ‘आफैँले कमाएको विष्टको छोरा आज सांसद भए हामीलाई सम्झेर दसैँ मनाउन आउनुभो हामी खुसी छौं ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: