बेलायतमा सांसद्को छुरा प्रहार गरी हत्या « Nagarik Khabar

बेलायतमा सांसद्को छुरा प्रहार गरी हत्या



लन्डन । बेलायतमा एक जना सांसद्को छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रबार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

सांसद्को हत्याको आशंकामा २५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको पोस्टमार्टममा देखिएको छ ।

६९ वर्षीय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् । अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: