आजदेखि केही दिन वर्षा, चट्याङ र हिमपातको सम्भावना « Nagarik Khabar

आजदेखि केही दिन वर्षा, चट्याङ र हिमपातको सम्भावना



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज शनिबारदेखि केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

भारतको आन्ध्रा प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारदेखि नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ ।

“धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना छ,” बुलेटिनमा भनिएको छ, “उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना छ।”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: