सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Nagarik Khabar

सवारी दुर्घटनामा दुई जनाको मृत्यु



मकवानपुर । मकवानपुरको हेटौंडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नम्बरको यात्रुुुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना५८प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएको छ ।

बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: