जितु नेपालको चिन्ता : ‘अब यो फोटोले कस्ता–कस्ता समाचार बन्ने हो ? « Nagarik Khabar

जितु नेपालको चिन्ता : ‘अब यो फोटोले कस्ता–कस्ता समाचार बन्ने हो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नायिका करिष्मा मानन्धरको भेटसँगै सार्वजनिक फोटोप्रति अहिले विभिन्न टिकाटिप्पणी भएका छन् ।

विशेषगरी ओलीसँगको भेटपछि हाँस्य कलाकार जितु नेपालले फेसबुकमै स्टाटस लेखेर ओलीलाई भेट्नुको कारण खोलेका छन् । उनले चिन्ता पनि व्यक्त गरेका छन्, ‘‘अब यो फोटोले कस्ता–कस्ता समचार बन्ने हो ?’

नायिका करिस्मा मानन्धरको शिक्षाका विषयमा ओलीले चासो राखेका थिए । त्यसपछि उनी ओलीलाई भेट्न गएका थिए । नायिका करिस्मासँगै जितु पनि पुगेका थिए ।

जितुले लेखेको फेसबुक स्टाटस यस्तो छ–

‘अब यो फोटोले कस्ता–कस्ता समाचार बन्ने हो,टिकाटिप्पडी हुने हुन थाहा छैन।तर खास कुरा चाहिँ यत्ति हो कि,एक बरिस्ठ नायीकाले आफ्नो पढाइलाई निरन्तरता दिई परीक्षा दिदै गर्दाको अवस्थामा हौसला र बधाई दिनका लागि सम्माननिय पुर्व प्रम तथा नेकपा एमालेका अध्यक्ष ज्यूले फोन गर्नु भएको थीयो जसको साक्षी स्वयमं म पनि थीए। त्यो कुरा करिष्मा दिदीले आफ्नो फेसबुकमा लेख्दा उक्त कुराले ठुलै चर्चा पाएको थीयो। आज आदरणीय माननीय कोमल वली दिदी सहित पुर्व प्रम तथा एमालेका अध्यक्ष ज्यूको निवास बालकोटमा भेटघाट र प्रतक्ष्य गफगाफ भयो।आफुलाई भेट्न आउने जो कोहीलाई पनि स(सम्मान आदरपुर्वक खुलेर कुरा गर्ने र महत्वो दिने पुर्व प्रम तथा नेकपा एमालेका अध्यक्ष आदरणिय के।पी वली ज्यूको व्यवहार बाट प्रभावित भए।नेपाली कलाकार गित सँगीत र श्रस्टा प्रती सधै माया,सद्भाव,चासो र जानकारी राख्नु हुने पुर्व प्रम ज्यूलाई मनै देखि हार्दिक नमन ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: