एमालेका विभिन्न कमिटीमा अधिवेशन « Nagarik Khabar

एमालेका विभिन्न कमिटीमा अधिवेशन



काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुुटेका छन् ।

सो प्रदेश कमिटीअन्तर्गत पेसागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी विशेष गरी चार कमिटी रहेका छन् ।

शाखा अधिवेशन आजदेखि सुरु भएको छ भने इलाका अधिवेशन यही कात्तिक ९ गते हुनेछ ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पेशागत विशेष जिल्ला कमिटीअन्तर्गत ७६ शाखा कमिटी तथा १६ इलाका तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीअन्तर्गत ३५ शाखा तथा १२ इलाका कमिटीको अधिवेशन हुनेछ ।

यस्तै उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीअन्तर्गत ११ शाखा अधिवेशन तथा दुई इलाका कमिटीको अधिवेशन हुनेछ । पर्यटन इलाका तथा शैक्षिक परामर्श व्यवसायी शाखा अधिवेशन सम्पन्न भइसकेको छ ।

मजदुर विशेष जिल्ला कमिटीअन्तर्गत ४० शाखा ११ इलाका कमिटीको अधिवेशन हुनेछ । एमालेको केन्द्रीय कार्यतालिकाबमोजिम आज देशभर वडा अधिवेशन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: