एमालेको १०औं महाधिवेसनबाट केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चित « Nagarik Khabar

एमालेको १०औं महाधिवेसनबाट केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चित



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेसनबाट केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सदस्यको संख्या सुनिश्चित हुने भएको छ ।

आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला केन्द्रीय सदस्य चयन हुन लागेका हुन् ।

विधान संशोधन गरेर पार्टीका हरेक निकायमा कम्तिमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ । आसन्न १०औं महाधिवेसनमा ७४ जना महिला केन्द्रीय सदस्यमा निर्वाचित हुँदैछन् । सो महाधिवेशनमा २ सय २५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित हुँदैछन् ।

एमालेको विधानले महिला प्रतिनिधित्वको स्वरूप पनि समावेशी चरित्रको हुनुपर्ने उल्लेख गर्दै न्यूनतम योग्यता र मापदण्ड नपुगेको अवस्थामा भने महिला सदस्य तथा समावेशी सदस्यहरूको स्थान खाली राख्ने व्यवस्था गरेको छ ।

एमालेको संशोधित विधानको धारा ६२ (२) मा लेखिएको छ, ‘सबै तहका निर्वाचित कमिटीहरू समावेशी चरित्रका हुनेछन् र तिनमा न्यूनतम ३३ प्रतिशत महिला सदस्य रहनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: