पार्वत गुरुङको गृहपालिका गौरीशंकरमा एमालेको पहिलो अधिवेशन, जंग गुरुङको नेतृत्वमा ७५ सदस्यीय कमिटी « Nagarik Khabar

पार्वत गुरुङको गृहपालिका गौरीशंकरमा एमालेको पहिलो अधिवेशन, जंग गुरुङको नेतृत्वमा ७५ सदस्यीय कमिटी



दोलखा । नेकपा एमालेको अधिवेशन गर्ने पहिलो पालिका पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृहपालिका बनेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा एमालेले तोकिएको भन्दा अघिल्लो दिन आज नै पालिका अधिवेशन समपन्न गरी नयाँ नेतृत्व चयन गरेको हो ।

एमाले केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गाउँपालिका गौरीशंकरमा आज नै अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीको गुरुम्फीमा आज भएको प्रथम अधिवेशनले जङ्ग गुरुङको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा मिङ्गुर शेर्पा, सचिवमा देवराम बुढाथोकी र सहसचिवमा टिका खत्री केसी र प्रकाश कार्की चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई दोलखाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री गुरुङ र एमाले जिल्ला कमिटी अध्यक्ष इश्वरचन्द्र पोखरेलले बधाइ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: