भीमबहादुर विक हत्याको विरोधमा काठमाडौंमा जसपाको प्रदर्शन « Nagarik Khabar

भीमबहादुर विक हत्याको विरोधमा काठमाडौंमा जसपाको प्रदर्शन



काठमाडौं । चितवन भरतपुरमा कुटपिटबाट हत्या भएका भीमबहादुर विश्वकर्माको घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतिघरमा जसपाको जनता समाजवादी दलित मुक्ती संगठन र जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले भीम बहादुर विश्वकर्माको न्यायका लागि खवरदारी स्वरुप विरोध प्रदर्शन गरेको हो । विरोध प्रर्दशनमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत सहभागी भएका थिए ।

प्रदर्शनकारीहरुले भीम बहादुरका परिवारलाई न्याय दे, अपराधीलाई कारवाही गर लगाएका नारा लगाएका थिए । जातीय विभेद गरी मारिएको भन्दै विश्वकर्मामा हत्यारालाई हदैसम्मको कारवाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेद अन्त्य हुनपर्ने माग पनि उनीहरुले गरेका छन् ।

गत असोज २८ गते चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको दुर्गा मन्दिरमा पुजाका विषयमा कुटपिट हुँदा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: