प्रतिनिधिसभा बैठक : एमालेबाट नाराबाजी (भिडियो) « Nagarik Khabar

प्रतिनिधिसभा बैठक : एमालेबाट नाराबाजी (भिडियो)



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । दशै विदापछि आज पहिलोपटक बसेको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरुद्ध पारेका छन् ।

सभामुख अग्नि सापकोटाले बारम्बार सदन सुचारु गर्नका लागि आग्रह गरिरहेका छन् । एमाले सांसदहरुले भने निरन्तर नाराबाजी गर्दै अवरुद्ध पारे ।

अवरोधका बीच सभामुख सापकोटाले बैठकको नियमित प्रक्रिया अघि बढाए ।

उद्योगमन्त्री गजेन्द्र हमालले दिएको राजीनामा राष्टपतिबाट स्वीकृत भएको र सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिइएको सूचना पढेर सुनाए ।

बैठक कात्तिक २९ गतेसम्मका लागि भने स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: