एमाले पोखराको अध्यक्षमा न्यौपाने सर्वसम्मत चयन « Nagarik Khabar

एमाले पोखराको अध्यक्षमा न्यौपाने सर्वसम्मत चयन



पोखरा । नेकपा (एमाले)को पोखरा महानगर कमिटी अध्यक्षमा दिलिप न्यौपाने चुनिएका छन् । बिहीबार उनलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

पोखराको नेतृत्व लिन पाँच जनाले मनोनयन दर्ता गराएका थिए । हालका अध्यक्ष दीपक पौडेलसहित तेजनारायण अधिकारी, हरि त्रिपाठी र धनबहादुर नेपालीको उम्मेदवारी परेकोमा पटक–पटकको छलफलपछि न्यौपानेलाई छोड्न तयार भएका हुन् ।

समितिको उपाध्यक्षमा राजकुमारी भुजेल, सचिवमा जीवन आचार्य तथा उपसचिवमा रामन्द्र थापा र सीता बिक चयन भएका छन् । यद्यपि, घोषणा हुन बाँकी छ।

केही समयअघि मतदान गर्ने तयारी थियो । मतपत्र र मतपेटिका समेत तयार गरिएकोमा अन्तिम समयमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

कास्कीको माछापुच्छ्रेबाहेक सबैमा कार्यसमितिले पूर्णता पाएको छ । अन्नपूर्णमा विवेक देवकोटा, मादीमा बालकृष्ण गुरुङ र रुपामा सहबक्स मियाँ अध्यक्ष चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: