पुरुषप्रति यस्तो ट्वीट गर्दा महिलालाई ५ महिना जेल ! « Nagarik Khabar

पुरुषप्रति यस्तो ट्वीट गर्दा महिलालाई ५ महिना जेल !



एजेन्सी । टर्कीमा एक महिलाले ट्वीटका कारण ५ महिना जेलको हावा खानु परेको छ । ती महिलाले पुरुषहरुका बारेमा गरेको ट्वीटका कारण जेल जानु परेको हो । उनको ट्वीटमा पुरुषहरुलाई अपमान गरिएको आरोप लगाउँदै मुद्धा चलाईएको थियो । तर, महिलाले आफूले पुरुषप्रति त्यस्तो कुनै अपमानित हुने कुरा नलेखेको बताएकी छन् । डेली स्टारको रिपोर्टमा ३४ वर्षीय पिनार यिलदिरिम नामकी ती महिलालाई अदालतले उनको ट्वीट पुरुषहरुका लागि अपमानजनक भन्दै जेल चलान गरेको हो ।

पिनार नामकी ती महिलाले ‘आइ स्टील लाइक म्यान’ लेखेकी थिइन् तर यसलाई अनर्थ लगाउँदै आइ डन्ट लाइक म्यानका रुपमा पेश गरिएको बताएकी छन् ।

महिला टर्कीमा महिला अधिकारका लागि लड्ने एक अधिकारकर्मी हुन् । सामाजिक सञ्जालमा उनका लाखौं संख्यामा फलोअर्स (१.९ मिलियन) छन्र उनले कतिपय किताब पनि लेखेकी छन् । पिनारले एक ट्वीटका लागि जेल हाल्ने देशमा महिलाहरुलाई हरेक क्षेत्रमा अपमानित र दुःख दिने गरिएको छ । पिनारले आफूलाई नलेखेको कुराका लागि जेलमा हालिएको दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: