‘सत्यम्’ फिल्मकाे वर्कसपमा हमाल « Nagarik Khabar

‘सत्यम्’ फिल्मकाे वर्कसपमा हमाल



काठमाडौं। पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’लाई दर्शकले मन नपराएपछि ठूलो पर्दाबाट टाढिएका अभिनेता राजेश हमाल कमब्याकको तयारीमा छन् । घरेलु फिल्मका लिजेन्ड चार वर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने तयारीमा रहेका हमालले यसका लागि तयारीका गरिरहेका छन् ।

फिल्मको असफलताले ठूलो पर्दासँग दूरी बढाएका हमाल सानो पर्दा अर्थात् टेलिभिजनमा शोमार्फत दर्शक सामु आइरहेका हुन्थे । त्यस समयमा पनि उनलाई फिल्ममा अभिनय गराउन केही निर्माता तथा निर्देशकले प्रयास नगरेका होइनन्, तर हमालले स्वीकारेनन् । कोरोना भाइरसले निम्त्याएको महामारीपछि उनको सक्रियता म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा बढ्यो । 

यिनै हमाल ‘सत्यम्’ फिल्ममार्फत ठूलो पर्दामा कमब्याक गर्दै छन् । शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्मलाई लिएर हमाल ‘सिरियस’ छन् । त्यसैले गर्दा हमाल फिल्मको ‘वर्कसप’मा सहभागी हुन कास्की पुगेका छन् ।

उनीसहित फिल्मका अन्य कलाकारहरू पल शाह, मलिका महतलगायत पनि ‘वर्कसप’मा सहभागी छन् । फिल्ममा गुणस्तर भन्दा पनि संख्या बढाएका हमाल आफ्ना प्रसंशकलाई निराश बनाउन चाहँदैनन् । केही समययता सोसल मिडिया प्रयोगकर्ताले देखाइरहेको हमालप्रतिको माया घट्न नदिने पक्षमा रहेका उनी फिल्मलाई गुणस्तरीय बनाउने तयारीअनुरूप वर्कसपमा पुगेका हुन् । उनी आउँदो १५ कात्तिकसम्म कास्कीमै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: