लाइसेन्सका लागि अनलाइन आवेदन बन्द « Nagarik Khabar

लाइसेन्सका लागि अनलाइन आवेदन बन्द



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरेको जनाएको छ । विभागले आवेदन प्रणाली मर्मतका लागि बन्द गरिएको एक सूचना प्रकाशित गरी जनाएको छ ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले आज एक सूचना प्रकाशित गर्दै प्रणाली मर्मतको कार्य भइरहेको जनाएका हुन् । सूचना प्रविधिको यतिधेरै विकास भइरहेको सन्दर्भमा यातायात व्यवस्था विभागमा सर्भर जाने र सेवाग्राहीले दुःख पाउने सिलसिलाको अन्त्य भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: