नेवानिले अछाम–धनगढीको हवाइ भाडा घटायो « Nagarik Khabar

नेवानिले अछाम–धनगढीको हवाइ भाडा घटायो



अछाम । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ ।

निगमले अछाम–धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी–अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए ।

यसअघि अछाम(धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियो । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ ।

समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: