नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको महाधिवेशन डिसेम्बरमा « Nagarik Khabar

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको महाधिवेशन डिसेम्बरमा



न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आठौं राष्ट्रिय महाधिवेशन आउँदो डिसेम्बर १९ मा हुने भएको छ ।

अमेरिकाको न्यूयोर्कमा हुने महाधिवेशनका लागि फिप्नाले विभिन्न समिति पनि गठन गरेको छ । महासंघले सल्लाहकार डन्डु ढोक्प्यालाई महाधिवेशनका लागि प्रमुख निर्वाचन आयुक्त चयन गरेको छ भने पूर्व महासचिव दिपेश खाम्बेक लिम्बु र नेपाल अमेरिका पत्रकार संघ (नेजा) की उपाध्यक्ष मच्छे देवी गुरुङलाई आयुक्त चयन गरेको छ ।

त्यस्तै महासचिव नरेन्द्र थापाको संयोजकत्वमा सदस्यता नविकरण र प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति गठन गरिएको छ । जसमा टोमा लामा, छोंजोम लामा, सोनाम गुल्बु शेर्पा र दिपेन्द्र लामा सदस्य रहेका छन् ।

बैठकले फिप्नाको सदस्यता नविकरण डिसेम्बर १, २०२१ सम्ममा र प्रतिनिधि तथा पर्यबेक्षक दर्ता डिसेम्बर १०, २०२१ सम्ममा गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि तथा पर्यबेक्षक दर्ताको लागि प्रतिनिधि तथा पर्यबेक्षक व्यवस्थापन समितिमा सम्पर्क गर्न समेत फिप्नाले आव्हान गरेको छ । महाधिवेशनमा सदस्य संस्थाहरुबाट बढीमा २ जना पर्यबेक्षक र आयोजक समितिले आवस्यकता अनुसारको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले फिप्नाको १६औ स्थापना दिवसको अवसरमा नोभेम्बर २८, २०२१ मा न्यूयोर्कमा बृहद रक्तदान कार्यक्रमको गर्ने निर्णय गरेको छ । महाधिवेशन तयारीका लागि नोभेम्बर १३ मा फिप्नाले सल्लाहकार समिति, कार्यसमिति, संघीय परिषद पदाधिकारी र सदस्य संस्थाहरु बीच संयुक्त बैठक गर्ने फिप्नाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: