अफगानिस्तानको सैनिक अस्पतालमा विष्फोट, २० को मृत्यु « Nagarik Khabar

अफगानिस्तानको सैनिक अस्पतालमा विष्फोट, २० को मृत्यु



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

बन्दूकधारीहरुले काबुलस्थित एक सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य ३० जना घाइते भएका छन् ।

काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ । बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एक भिडियोमा देख्न सकिन्छ ।

आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा. शहिद अहदले बताए । दुई ओटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए ।

१५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको द वाशिंगटन पोस्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: