एमाले महाधिवेशन : कसलाई के जिम्मेवारी (सूचीसहित) « Nagarik Khabar

एमाले महाधिवेशन : कसलाई के जिम्मेवारी (सूचीसहित)



काठमाडौँ । नेकपा (एमाले)ले १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व र शक्ति स्थापित हुने दाबी गरेको छ ।

केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनपछि एमाले अझ बलियो बन्ने बताए ।

महाधिवेशनको तयारी चलिरहेको बेला एमालेले हालसम्म भएका कामहरुको बारेमा जानकारी दिएको छ ।

महाधिवेशनसम्बन्धी कामका लागि विभिन्न समितिहरु गठन भएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजक रामबहादुर थापा‘बादल’लाई तोकिएको छ ।

क–कसले पाए जिम्मेवारी ?

  • संयोजक – रामबहादुर थापा ‘बादल’
  • सहसंयोजक – सुरेन्द्रप्रसाद पाण्डे
  • सचिव – विष्णु रिमाल
  • सदस्यहरूः अष्टलक्ष्मी शाक्य, पृथ्वीसुव्वा गुरुङ, योगेश भट्टराई, रघुजी पन्त, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, शेरबहादुर तामाङ, विनोद श्रेष्ठ, आनन्द पोखरेल, देवी ज्ञवाली, सीता पौडेल, कपिल पोखरेल, लीला गिरी, दीपक देवकोटा, कृष्णभक्त पोखरेल र पार्वती रावल
  • प्रतिनिधि व्यवस्थापन – विष्णुप्रसाद पौडेल/संगठन विभाग
  • जनपरिचालन– सुरेन्द्रप्रसाद पाण्डे, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लीला गिरी, यामलाल कँडेल, आनन्दप्रसाद पोखरेल, दीपक देवकोटा, सीता पौडेल, देवी ज्ञवाली र कपिल पोखरेल ।
  • प्रचार– योगेश भट्टराई
  • आर्थिक –विष्णु रिमाल
  • यातायात – काशीनाथ अधिकारी
  • आवास – कृष्णभक्त पोखरेल
  • स्वयंसेवक – विनोद श्रेष्ठ
  • खाद्य – कपिल पोखरेल/पार्वती रावल
  • मञ्च व्यवस्थापन – शेरबहादुर तामाङ
  • अतिथि सत्कार – डा. राजन भट्टराई
  • साँस्कृतिक – रघुजी पन्त/देवी ज्ञवाली
  • स्वास्थ्य – भानुभक्त ढकाल
  • कार्यालय – कपिल पोखरेल
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: