नायकत्वमाथिको बहसः नायकविना कै कथामा फिल्म बनाउँछु भन्ने अवस्था छैन « Nagarik Khabar

नायकत्वमाथिको बहसः नायकविना कै कथामा फिल्म बनाउँछु भन्ने अवस्था छैन



काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार गरेको ‘सिनेमामा नायकत्वको प्रश्न‘ विषयक भर्चुअल बहसमा फिल्मकर्मी, मिडियाकर्मी तथा शिक्षाविद्ले आआफ्नो धारणा व्यक्त गरेका छन् । गुणैगुणले भरिएको रूपमा परम्परागत नायकको रूप परिवर्तन हुँदै अवगुणले युक्त पनि नायक हुन थालेको अवस्थाबाट अगाडि बढ्दै गरेको कुरा बहसमा सहभागी शिक्षाविद् रेसु अर्याल ढुंगानाले उल्लेख गरिन् ।

‘रेखा (रेखा थापा)ले आफूलाई हिरोको रुपमा प्रस्तुत गरिन् । उनले पर्दामा सेन्ट्रल क्यारेक्टर निवार्ह गर्ने मात्र नभई आफ्नो अदाले पनि मोहित बनाउने गरेकी थिइन् । उनमा हिरोको गुणसँगै ग्ल्यामरस थप गर्दा त्यसले नायकत्वको गुणमा एक तत्व थपेको जस्तो लाग्छ’ रेसुले भनिन् ।

बहसकै क्रममा निर्देशक दीपेन्द्र के खनालले नायक सर्वगुण सम्पन्न भएको पुरुष नै हुनु पर्छ भन्ने आमबुझाइ समयसँगै बदलिरहेको बताए । ‘फिल्म बनाउँदा मैले बुझे हरेक पात्र आफैँमा हिरो हो’ उनले भने, ‘मेरो जीवनको नायक भनौँ वा हिरो म आफैँ हुँ ।’

मिडियाकर्मी हुँदै फिल्म निर्देशक बनेकी संगीता श्रेष्ठले बाल्यकालमा निरीह र अवला नायिकालाई बचाउने पात्रलाई नै नायक भन्ने अवधारणा रहेको बताइन् । ‘मिडियामा पनि कुराकानीको लागि बोलउँदा पनि पुरुष सेलिब्रेटीलाई प्राथमिकता दिइन्थ्यो, यो मेरो पनि भोगाइ हो’ उनले कुराकानीकै क्रममा भनिन्, ‘फिल्म बनाउँदा भने मैले मेरो मुख्य पात्रहरु सबैलाई नै नायकको रुपमा चित्रण गरे ।’

शिक्षाविद् अर्यालले नायकलाई खडा गरेर उसको नायकत्वको लागि बनाइने कृतिम किसिमको वातावरणले बालबालिकाहरूमा नकारात्मक प्रभाव पार्ने जोड दिइन् । यस्तै, निर्देशक खनालले समाज र बजारका कारण पनि नायकत्वको प्रश्नको उत्तरलाई प्रभावित पारिरहेको हुने तर्क पेश गरे । महिला पात्र भनेको नायकको नायकत्व बनाउन र बढाउनको लागि सहयोगी मात्र बन्ने हो त ? भन्ने प्रश्न गर्दै मिडियाकर्मी टर्न डिरेक्टर श्रेष्ठ हिरोसँग लभ रोमान्स डान्स गर्ने नायिकाको बुझाइ मिडियामा पनि रहेको बताइन् ।

आदिवासी, दलित, मधेसी, महिला निम्न र पिछडिएको वर्गका पात्रहरू हिरो हुन नसकेको सन्दर्भमा हिरो, एन्टी हिरो, पात्र हुँदै नायक नै समाप्त गर्ने विचारको बहस भइरहेको छ । फिल्ममा नायकका अनुहार त परिवर्तन भयो । तर, उसको मुल रूपमा परिवर्तन हुन सकेन । ‘समाज र सिनेमाको बीचमा राम्ररी अन्तरक्रिया हुन सकेको छैन’ शिक्षाविद अर्यालले भनिन् । वैदेशिक रोजगारको कथाभन्दा दुःख र संघर्ष मात्र नभनी त्यस पात्रले त्यहाँ दुःख गरेर घरपरिवारलाई सुखी शिक्षित र सम्पन्न बनाएको कथा पनि सिनेमा आउनुपर्‍यो ।

निर्देशक खनालले फिल्ममा हिरोको सट्टा फरक पात्र खडा गर्ने विचार राखे । ‘भूइँमान्छेको कथा भनिरहेको छौँ, समाजका नभनिएको कथा भन्न खोजेका छौँ । तर, नायकविना कै कथामा फिल्म बनाउँछु भन्ने अवस्था छैन निर्देशक खनालले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: