च्याम्पियन लिग : रियल मड्रिड समूह ‘डी’को शीर्ष स्थानमा « Nagarik Khabar

च्याम्पियन लिग : रियल मड्रिड समूह ‘डी’को शीर्ष स्थानमा



काठमाडौँ । युइएफए च्याम्पियनन्स लिग अन्तर्गत समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल मड्रिडले जित हात परेको छ ।

बुधबार राति भएको खेलमा रियलले फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्धतमा युक्रेनी क्लब सख्तर डोनस्कलाई २–१ गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा ब्राजिली विंगर भिनिसियस जुनियरले दुई असिस्ट उपलब्ध गराए । साख्तरका फर्नान्डोले एक सान्त्वना गोल फर्काए ।

समूह ‘डी’ कै अर्को खेलमा भ्रमणकारी इटालीयन सिरी ए क्लब इन्टर मिलानले माल्डोभाको एफसी सेरिफलाई उसकै मैदानमा ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोभिक, मिलान स्क्रिनिएर र एलेक्सिस सान्चेजले समान एक एक गोल गरे । सेरिफका एडमा ट्राओरेले एक गोल फर्काए ।

जितसँगै समूह ‘डी’ मा ४ खेलबाट ३ जित र १ हार ब्यहोरेको रियल ९ अंकसहित शीर्षस्थानमा छ । इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लदा सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित सख्तर १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: