तिहारमा यी दाजुभाइ दुबइमा अलपत्रः श्रममन्त्री श्रेष्ठले यी युवाहरुलाई देख्लान ? (भिडियो) « Nagarik Khabar

तिहारमा यी दाजुभाइ दुबइमा अलपत्रः श्रममन्त्री श्रेष्ठले यी युवाहरुलाई देख्लान ? (भिडियो)



काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीहरुको जीवन सोचे जस्तो पक्कै छैन । नेपालबाट नै मेनपावर र दलालहरुबाट ठगिँदै विदेशमा पुगेका युवाहरुको अवस्था विशेषगरी खाडी मुलुकमा यति विजोग छ त्यो यहाँ भनेर साध्य छैन ।

खाडी मुलुकमा युवाहरुको जोखिमपुर्ण चर्को परिश्रमले भित्र्याएको रेमिट्यान्सबाट चलेको राज्य भने ‘विदेशमा नेपालीहरु कुन अवस्थामा छ ?’ भन्नेबारे बेखबर बनेको थुप्रै उदाहरण छन् ।

यस्तै नेपालीहरुले तिहारको खुशियाली मनाइरहँदा विदेशमा अलपत्र परेको युवाहरुको अवस्थाबारे एक भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।

हालै मात्र एक महिलाले फेसबुकमा भिडियो सार्वजनिक गर्दै भिजिट भिसामा दुबइ पुगेका ती युवारुहरुको अवस्थाबारे देखाएकी हुन् । भिडियोमा उल्लेख गरिए अनुसार दर्जन बढी ती युवाहरुलाई टाइगर नामक मेनपावर र रस्तो मोराई भन्ने व्यक्तिले उनीहरुलाई भिजिट भिसामा दुबइमा काम लगाइदिने भन्दै त्यहा पुर्याएका हुन् ।

उक्त मेनपावरले एकजनाबाट दुई/दुई लाख रुपैयाँ र त्यहाँ पुर्याएपछि पनि केहि डलर पनि लिएर अलपत्र पारेर छाडेका हुन् । अहिले कहाँ खाने कहाँ बस्ने भन्ने उनीहरुको कुनै टुँगो नै छैन । अलपत्र अवस्थामा फेला पारेर ती महिलाले उनीहरुको बारे भिडियोमा जानकारी गराएकी छन् ।

ती महिलाले उनीहरुको अवस्थाबारे जानकारी गराउँदै अन्य नेपालीहरुलाई पनि दलालहरुको कुरामा फसेर केहि नबुझि विदेश नआउन आग्रह गरेकी छन् । उनले दुबइमा सेक्युरेटिमा कमाइ हुन्छ भन्दै पर्सा, बारा, लगायत स्थानका युवाहरुलाई झुक्याएर पैसा टन्नै उठाएर पठाउने गरेको तर त्यहाँ न काम खुलेको छ न त भनेजस्तो कमाइ नै हुने भन्दै सचेत रहन आग्रह गरेकी छन् ।

वैदेशिक रोजगारीमा जान चाहिने सीप नभई, जाने प्रक्रियाको ज्ञान नभई प्रलोभन दिनेलाई पैसा बुझाउनेहरू बर्सेनि ठगीमा पर्ने गरेका छन् । सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गर्न नयाँ कार्यविधि बनाएर अघि बढ्ने बताए पनि विदेशमा अलपत्र नेपालीहरुको अवस्थाबारे राज्य बेखर हुने गरेको छ ।

पाँच दलीय गठबन्धनबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका कृष्णकुमार श्रेष्ठ (किसान)ले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका थिए ।

मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिनमा गृह जिल्ला पुगेर मन्त्री श्रेष्ठले गर्जदै भनेका थिए, ‘श्रम मन्त्रालय भन्ने वित्तिकै बद्नाम छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश लाने बहानामा विशेषगरी महिला दिदीबहिनीहरुको अस्मिता लुटिनेदेखि बिचल्ली पार्ने धेरै सुनेका छौं । खबरदार ! अब नेकपा समाजवादीको तर्फबाट किसान श्रेष्ठ श्रम मन्त्री भएर आएको छ । त्यस्ता दलालहरु होसियार ! अब त्यस्ता दिन आउने छैन ।’ सोझासाझा नेपालीलाई ठग्ने दलालहरुको दिन गएको उनले दाबी गरेका थिए ।

भर्खरै मात्र संयुक्त अरब इमिरेट्समा भएको छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ दुबई पनि पुगेर आइसकेका छन् । उनले त्यहाँ रहँदा एक कार्यक्रमा आफूले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासोलाई तत्काल सुनवाइ गर्नेगरी काम गर्ने बताएका थिए । “वैदेशिक रोजगार विभाग र बोर्डमा गुनासो सेन्टर रहेछ । अब म नेपाल फर्कने बित्तिकै मन्त्रालयमा २४ सैँ घन्टा गुनासो सुनेर भोलिपल्ट विहान १० बजे मेरो टेबलमा ल्याउनु भनेर निर्देशन दिएर काम गर्नेछु,” उनले आश्वस्त पारे । के अब साच्चिकै सोझा युवाहरुलाई ठग्ने दलालहरुको दिन जालान् त ? यो भने हेर्न बाँकी छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: