जर्मनीमा पहिलो पटक २४ घण्टामा कोरोना संक्रमित ५० हजार नाघे « Nagarik Khabar

जर्मनीमा पहिलो पटक २४ घण्टामा कोरोना संक्रमित ५० हजार नाघे



एजेन्सी । जर्मनीमा बिहिवार कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेका छन् । महामारीको शुरुवात पश्चात पहिलो पटक यति धेरुै संक्रमित फेला परेको यो पहिलो घटना हो । पछिल्लो २४ घण्टामा यहाँ २४४ जनाको मृत्यु भएको छ । त्यसैगरि जर्मनका टप भाइरोलोजिस्ट क्रिश्चियन ड्रस्टले आउँदा दिनमा १ लाखको मृत्यु हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

ड्रस्टनले यसलाई आपतकालको संज्ञा दिँदै एक्सन लिनु पर्ने बताएका छन् । उनले कोरोनाको यूके स्ट्रेनमा भइरहेको अध्ययनका बारेमा जानकारी दिँदै भाइरस संक्रामक हुनुका साथै खतरापूर्ण रहेको बताए । चिकित्सकहरुले यसलाई अहिलेसम्मको खराब लहर भनेका छन् । हालैका दिनमा संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

संसारभर कोरोना भाइरसका कारण २५.२२ करोड मानिस संक्रमित भइसकेका छन् । त्यसैगरि यस महामारीबाट मर्नेको संख्या ५०.९ लाख भन्दा धेरै रहेको छ । बेलायत र जर्मनीका साथै नेदरल्याण्ड, पोल्याण्ड, रुस जस्ता देशहरुमा कोरोनाको संक्रमण दोहोरिएको छ । यी देशहरुले करीब दुई तिहाई जनसंख्यामा खोप लगाइसकेका छन् ।

बेलायतमा पनि लगातार ३० हजार भन्दा बढी संक्रमणका घटना आइरहेका छन् । बेलायतले पछिल्लो एक हप्ता करीब १२ हजार र जर्मनीले ३० हजार भन्दा बढी संक्रमित फेला परिरहेका छन् । बेल्जियमका स्वास्थ्य मन्त्री फ्रैंक बन्डरब्रुकले पनि आफ्नो देशमा चौथो लहरको सामना गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: