‘बाहुबली’ का शुभेच्छुकको यस्तो अनौठो सुसाइड नोट « Nagarik Khabar

‘बाहुबली’ का शुभेच्छुकको यस्तो अनौठो सुसाइड नोट



एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुका सुपरस्टार तथा बहुचर्चित फिल्म बाहुबलीका नायक प्रभासका एक शुभेच्छुकले उनको आगामी फिल्म ‘राधे–श्याम’ रिलिज गर्ने बारे कुनै जानकारी नदिए आत्महत्याको दिने धम्की दिँदै सुसाइड नोट लेखेका छन् । नोटमा उनले फिल्मको निर्माणकर्तालाई उनले आफ्नो मृत्युको कारण दोष लगाउने धम्की पनि दिएका छन् ।

फिल्म बनेर पनि तयार भएको र शुभेच्छुकलाई लामो समयदेखि यसको ट्रेलर र रिलिज हुने समयको पर्खाइमा राखेको आरोप लगाएका छन् । हुनत उनले नोट मात्र लेखेको र आत्महत्या भने नगरेको जनाइएको छ ।

फिल्म राधे श्यामका निर्माण पक्षले प्रभासको जन्मदिनमा जारी गएको टिजर बाहेक अहिलेसम्म कुनै चाखलाग्दो खबर दिएका छैनन् । यसैबीच उक्त फिल्मको पहिलो गीत १५ नोभेम्बरमा रिलिज गर्ने तयारी गरेको खबर बाहिरिएको छ ।

रिपोर्टका अनुसार आन्ध्र प्रदेशका एक शुभेच्छुकले आत्महत्या गर्ने फैसला गरे र त्यो भन्दा पहिले यूभी क्रिएसन्स र राधे श्यामका निर्देशक राधा कृष्णलाई सुसाइड नोट लेखेका थिए ।

उनले उक्त सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवार फिल्म निर्माण पक्षलाई हुने उल्लेख गरेका थिए । रोमनमा लेखिएको उक्त सुसाइड नोट सामाजिक सञ्जालमा भाइरल भएको छ । यसको भाषा भने तेलुगु छ ।

प्रभासले बहुचर्चित बाहुबली फिल्म पश्चात राधे श्याम नै पहिलो फिल्म हो । त्यसो त प्रभासका एक पछि अर्का धमाकेदार फिल्महरु पाइपलाइनमा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: