जनसंख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव « Nagarik Khabar

जनसंख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवम् समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका छन् ।

जसपा नेपाल कञ्चनपुर नगर कार्यसमितिद्वारा सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने,“जनसंख्याका आधारमा राजनीतिक प्रतिनिधित्व हुनुपर्छ ।”

अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेसी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको बताए ।

दलित, मधेसी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले संघर्ष गरिरहेको उल्लेख गर्दै उनले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइसकेको छैन, विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै रहेको बताए ।

उनले भने,“भूमि व्यवस्था वैज्ञानिक नभएसम्म किसान आर्थिकरुपले सबल हुन सक्दैन । यसका लागि आफ्नो पार्टीले प्रयत्न जारी राखेको छ ।” बेमौसमी वर्षाबाट क्षति भएका किसानको राहतका लागि सरकारले साढे ५ अर्ब बजेट छुट्याएको अध्यक्ष यादवले बताए ।

लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको बताउँदै उनले मधेसमा ठुलो जनसंख्या अहिले पनि नागरिकताबाट बञ्चित रहेको बताउँदै उनले उनीहरुलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: