डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग राख्दै सानेपामा अनसन « Nagarik Khabar

डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग राख्दै सानेपामा अनसन



काठमाडौँ । डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेताहरुले पार्टी कार्यालय सानेपामा अनसन सुरु गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यताको विवादका बीच अधिवेशन प्रक्रिया अघि बढाएको र त्यसैलाई मान्यता दिएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् ।

एकलौटी रुपमा आफुहरुलाई प्रवेश नै गर्न नदिएर गरेको अधिवेशन मान्य नहुने भन्दै पार्टीका विभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाइ नभएको भन्दै अनसन बस्न बाध्य भएको मल्लले बताए । आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने उनले बताए ।

जिल्ला कार्यसमितिले सिफारिस गरेका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाटै नाम थप गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: