एसएसपी सरुवाः काठमाडौं प्रमुखमा गिरी, ललितपुरमा पोखरेल « Nagarik Khabar

एसएसपी सरुवाः काठमाडौं प्रमुखमा गिरी, ललितपुरमा पोखरेल



काठमाडौँ । गृह मन्त्रालयले ४ जना एसएसपीहरुको सरुवा गरेको छ । जस अनुसार काठमाडौँ प्रहरीको जिम्मेवारी एसएसपी सुदिप गिरीले पाएका छन । काठमाडौँ प्रहरी प्रमुख रहेका एसएसपी अशोक सिंहको भरतपुर तालिम केन्द्र चितवनमा सरुवा भएको छ ।

यसअघि कार्तिक २६ गते नै गिरी काठमाडौँ प्रहरी प्रमुखमा र अशोक सिंहको भैरहवा विमानस्थल प्रहरी प्रमुखमा सरुवा भए पनि सिंहले बालुवाटारमार्फत दबाब दिएर सरुवा रोकेका थिए । जसका कारण प्रधानमन्त्री र गृहमन्त्रीमा समेत असमजदारी बढेको थियो ।

त्यसैगरी ललितपुर प्रहरी प्रमुखमा एसएसपी यज्ञ विनोद पोखरेलको सरुवा भएको छ । ललितपुर प्रहरी प्रमुख रहेका किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालय अन्वेषण शाखामा तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: