नेपालको वायु सेवालाई कालोसूचिबाट हटाउन पहल भइरहेको छः पर्यटन मन्त्री « Nagarik Khabar

नेपालको वायु सेवालाई कालोसूचिबाट हटाउन पहल भइरहेको छः पर्यटन मन्त्री



चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई कालोसूचिबाट हटाउन पहल भइरहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री आलेले उनले भने, ‘बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिटै हटाउन भनेको छु, मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु ।’ उनले भारतीय र नेपाली नागरिक बाहेक अन्य आवतजावतको वातावरण नभएकाेमा अहिले एयर बबल हटेको उनकाे भनाइ थियाे ।

उनले भारतका मुख्य शहरहरु बैंगलोर, कलकत्ता, मुम्बई, चेन्नाई लगायतका शहरमा छिट्टै उडान नियमित बताए ।उनले सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिएपनि कोभिड महामारीका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: