काेराेनामुक्त हुनेकाे संख्या ८ लाख नाघ्याे, थप ३८५ जनामा संक्रमण पुष्टि « Nagarik Khabar

काेराेनामुक्त हुनेकाे संख्या ८ लाख नाघ्याे, थप ३८५ जनामा संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ९२१ आरटी पिसिआर र २ हजार ७७६ एन्टिजेन गरी कुल १२ हजार ६९७ जनामा परीक्षण गरिएकोमा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार २७९ जना संक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार ८२७ हाेम आइसाेलेसनमा र ४४२ जना संस्थागत आइसाेलेसनमा छन् ।

मन्त्रालयकाअनुसार साेमबार  देशभरबाट २५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख ६१७ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: