स्थानीय तहको निर्वाचन गर्न सरकारले थाल्यो तयारी « Nagarik Khabar

स्थानीय तहको निर्वाचन गर्न सरकारले थाल्यो तयारी



काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ ।

पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।

स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: