२४ घन्टामा थप ३५१ जनामा संक्रमण पुष्टि, ९ जनाकाे मृत्यु « Nagarik Khabar

२४ घन्टामा थप ३५१ जनामा संक्रमण पुष्टि, ९ जनाकाे मृत्यु



काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७२९ आरटी पिसिआर र १ हजार ४४५ एन्टिजेन गरी कुल १० हजार १७४ जनामा परीक्षण गरिएकोमा ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार ३०० जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयकाअनुसार मंगलबार  देशभरबाट २७३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख ८९० पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: