एमालेको नेतृत्वमा ओलीको विकल्प छैन : ज्ञवाली (भिडियाे) « Nagarik Khabar

एमालेको नेतृत्वमा ओलीको विकल्प छैन : ज्ञवाली (भिडियाे)



काठमाडौँ । नेकपा (एमाले)का प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित ‘साइबर सर्कल’ घोषणा कार्यक्रममा उनले १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुने पनि दाबी गरे ।

“निःसन्देह नेकपा एमालेको मात्रै होइन, सिंगो देशको नेताको रुपमा केपी ओलीको कुनै विकल्प छैन । मेरो पूर्ण विश्वास छ १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतका साथ उहाँको नेतृत्वलाई अघि बढाउने छ ।”

ओलीले राष्ट्रिय राजनीतिको केन्द्रमा पार्टीलाई स्थापित गर्न सफल भएको पनि उनले बताए ।

ज्ञवालीले एमाले सत्ता शक्तिमा नभएपनि देश र विदेशले बालुवाटारभन्दा पहिले बालकोटले के भन्छ भनेर कुरेर बसिरहेको बताए । “राष्ट्रिय राजनीतिको केन्द्रमा अहिले एमाले र केपी शर्मा ओली छन्,” उनले भने,“देश, विदेशले अहिले बालुवाटार, सानेपा, खुमलटार खोज्दैन अहिले बालकोट र थापाथलीले के भन्यो भनेर सोध्ने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: