२४ घन्टामा थपिए ३३२ संक्रमित, ४ जनाकाे मृत्यु « Nagarik Khabar

२४ घन्टामा थपिए ३३२ संक्रमित, ४ जनाकाे मृत्यु



काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ५९० आरटी पिसिआर र २ हजार ३३० एन्टिजेन गरी कुल ९ हजार ९२० जनामा परीक्षण गरिएकोमा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार ३६९ जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयकाअनुसार बुधबार  देशभरबाट २३२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख १ हजार १२२ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: