प्रचण्डपथ त्यागेर ठूलो गल्ती भयोः मन्त्री शर्मा « Nagarik Khabar

प्रचण्डपथ त्यागेर ठूलो गल्ती भयोः मन्त्री शर्मा



काठमाडौं। अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले भने, ‘प्रचण्डपथ त्यागेकै कारण पार्टी बिचलित र फुटको स्थितिमा पुगेको हो ।’

उनले शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटाएर त्यो ठूलो गल्ती भएको बताए । प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा संगठनलाई केन्द्रीकरण गरेको उनको दाबी थियो । उनले प्रचण्डपथ त्याग्नासाथ पार्टीमा विभाजन भएको बताए।

एक अर्को प्रसंगमा उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनु पर्ने बताए। उनले अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्ने बताए। एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने बनाउनु पर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: