एमाले १०औँ महाधिवेशनको सबै तयारी पूरा, को-को नेताले गर्दैछन् सम्बोधन ? « Nagarik Khabar

एमाले १०औँ महाधिवेशनको सबै तयारी पूरा, को-को नेताले गर्दैछन् सम्बोधन ?



काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबारदेखि चितवनमा सुरु हुने एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो ।

एमालेले महाधिवेशनकै उद्घाटनका लागि नारायणी किनारम भव्य मञ्च बनाएको छ । महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ ।

एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ । महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जनाउने एमालेको दावी छ । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु चितवन आएका छन् ।

महाधिवेशनलाई क-कसले गर्दैछन्ए सम्बोधन ?
एमाले महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवनमा गएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक)का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा सहभागीका लागि आजै चिवत पुगिसकेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत सहभागीका लागि चितवन जाँदैछन् ।

दुई हजार १७५ प्रतिनिधि सहभागी हुने
एमलोको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाकाअनुसार निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुनेछन् ।

यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो ।

यस्तै महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्ने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक
एमालआसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताए । साँघुरो र उकालो÷ओरोलो सडक रहेको दाउन्नेमा मालबहाक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाएको प्रजिअ पङ्गेनीले बताए ।

सो खण्डमा जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै चितवन जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ । अन्य निजी गाडीलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको प्रजिअ पङ्गेनीले बताए ।

पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइने छ । आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना)का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको प्रजिअ पङ्गेनीले बताए ।

नारायणगढ–बुटवल सडक मर्मत गर्न निर्देशन
विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड तत्काल मर्मत गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै सडक मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको हो । यो खण्डका केही स्थानमा सडक मर्मत गर्नुपर्ने अवस्था देखिएकाले तुरुन्त मर्मत गर्न निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: