थप ३०८ जनामा काेराेना पुष्टि, ३ जनाकाे मृत्यु « Nagarik Khabar

थप ३०८ जनामा काेराेना पुष्टि, ३ जनाकाे मृत्यु



काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३०८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार १०४ आरटी पिसिआर र १ हजार ८०५ एन्टिजेन गरी कुल ८ हजार ९०९ जनामा परीक्षण गरिएकोमा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार ३४९ जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयकाअनुसार बिहीबार  देशभरबाट २९८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: