संयुक्त विद्यार्थी संगठनले आयल निगमलाई बुझायो ‘कमिसन’ « Nagarik Khabar

संयुक्त विद्यार्थी संगठनले आयल निगमलाई बुझायो ‘कमिसन’



काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमलाई कमिसन स्वरुप एक रुपैयाँ अभियान सञ्चालन गरी संकलन गरिएको रकम हस्तान्तरण गरेका छन् ।

बिहीबार निगमको केन्द्रिय कार्यालय टेकुमा पुगरेर विद्यार्थी संगठनहरुले विरोध स्वरुप रकम हस्तान्तरण गरेका हुन् ।

उनीहरुले निगम परिसरमा नारा जुलश गर्दै ‘आयल निगमका भ्रष्टाचारीहरु होसियार’, ‘आयल निगमका भ्रष्ट कर्मचारीहरु राजीनामा दे’, ‘पेट्रोलिएम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर’लगायतका नारा लगाएका थिए ।

संयुक्त विद्यार्थी संगठनका नेताहरुले आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोल गर्न बाध्य हुने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: