स्वास्थ्यमा सुधार नआएपछि वर्षमान पुनलाई बैंककबाट चीन लगियो « Nagarik Khabar

स्वास्थ्यमा सुधार नआएपछि वर्षमान पुनलाई बैंककबाट चीन लगियो



काठमाडौँ । विश्वमै विरलै देखिने जटिल प्रकृतिको जन्डिसको उपचार गराईरहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारको लागि चीन लगिएको छ । बैंककको समितिभेज अस्पतालमा डेढ महिनादेखि उपचार गराइरहेको उनको स्वास्थ्य कुनै सुधार नआएपछि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको हो ।

माओवादी केन्द्रका अनुसार उनलाई बैंककबाट सेनजेन लगिएको छ । उनीसँग उनका पत्नी तथा पूर्व सभामुख ओनसरी घर्ति मगर र पुनको छोरी शीला पनि चीनको सेनजोन उडेका छन् । उनलाई आजै चीनमा थप उपचार सुरु गर्ने जनाइएको छ ।

समिति भेज अस्पतालले पुनकाे उपचार यहाँभन्दा गर्न नसक्ने भन्दै सेनजेन लैजान सुझाव दिएपछि उनलाई त्यहाँ लगिएको हो । उनको जन्डिस(बिलरुविन)को तह नेपालबाट बैंकक लैजाँदा १८ थियो । तर, अहिले उचार गर्दै गर्दा पनि बढेर २२ पुगेको छ । जन्डिससँगै पुनको शरिरको अन्य अंगमासमेत असर देखा पर्न थालेपछि समितिभेज अस्पतालका चिकित्सकहरुले यहाँ उपचार गर्न नसकिने बताएका थिए ।

उनलाई चीनमा लैजानका लागि चिनियाँ पक्षसँग माओवादीका अध्यक्ष प्रचण्डले नै पहल गरेका हुन् । अहिले चीनमा कोरोना भाइरसको कारण आवत जावतमा कडा मापदण्ड लागु भएको छ । बंशाणुगत रुपमा रहेको जन्डिस दोहिएपछि उनीले नेपालमा सुमेरु अस्पताल र पछि ग्रान्डीमा उपचार गराइरहेका थिए ।

यस क्रममा उनलाई अध्यक्ष प्रचण्डले नै बैंकक गएर उपचार गर्न भनेपछि उनी बैंकक गएका थिए । उनले नेपाल लगायत भारतको एपोलो अस्पतालमा समेत उपचार गएका थिए । तर, निको नभएपछि बैंकक गएका थिए । अहिले त्यहाँको चितित्सकलेसमेत उनको उपचार गर्न नसक्ने भनेपछि चीन लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: