मुकुन्देले गरे ‘सरप्राइज’ इन्गेजमेन्ट « Nagarik Khabar

मुकुन्देले गरे ‘सरप्राइज’ इन्गेजमेन्ट



काठमाडौं । मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । उनले शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग औँठी र फूलमाला साटासाट गरेका हुन् ।

घिमिरे कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका थिए । हाल सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन् ।

पछिल्लो केही महिनायता उनले मंसिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए ।

मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन् । तर बिहेको मितिबारे भने सार्वजनिक गरेका छैनन् । अरु भन्दा आफू फरक व्यक्ति रहेको बताउँदै आएका मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आएका छन् ।

उनले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृद्ध नेपाल मुकुन्दल्याण्ड बनाउने बिचार प्रकट गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: