सहमतिमै नेतृत्व चयन गर्ने ओलीको पहल, साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी « Nagarik Khabar

सहमतिमै नेतृत्व चयन गर्ने ओलीको पहल, साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी



काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन आज (आइतबार) अझै सम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन । विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन नसकेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग सहमतिमै नेतृत्व चयन गर्ने पहलका लागि छलफल गरेका कारण बन्दसत्र सुरु हुन ढिलाई भइरहेको छ ।

अध्यक्ष ओली आज दिनभर विभिन्न नेतासँग छलफलमा व्यस्त रहे । स्रोतका अनुसार ओलीले सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय समिति सदस्यको सूचीसमेत तयार पारिसकेका छन् । पछिल्लो समय सोही सूचीमा आधारित रहेर छलफल भइरहेको छ ।

आज साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी भइरहेको बताइएको छ । ओली निकट नेता गोकुल बाँस्कोटाले पनि ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी भएका बताए ।

यो पनि

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: