एमाले महाधिवेशन : बन्दसत्र स्थलमा नाराबाजी « Nagarik Khabar

एमाले महाधिवेशन : बन्दसत्र स्थलमा नाराबाजी



काठमाडौं । नेकपा एमालेको बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन् ।

महाधिवेशन के भन्छ, केपि ओली ले भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई भन्दै कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् ।

ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: