एमाले महाधिवेशनः ओलीले पेश गरे ३०१ केन्द्रीय सदस्यको नामावली « Nagarik Khabar

एमाले महाधिवेशनः ओलीले पेश गरे ३०१ केन्द्रीय सदस्यको नामावली



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् ।

चितवनको सौराहमा जारी बन्दसत्रमा ओलीले गएराती अबेर ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।

बन्दसत्रमा उपस्थित प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीले महिला, मधेसी, जनजाति, दलित सबै क्लस्टर मिलाएर सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् । ‘अध्यक्ष ओलीले ३०१ जनाको नाम पढेर सुनाउनुभयो । कसैले विरोध गरेको छैन,’ एक प्रतिनिधिले भने ।

नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए ।

पहिलो दिनको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय समितिमा सर्वसम्मत गर्न नामावली छनोट गरेर प्रस्तुत गर्ने अधिकार दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: